भारतमा कोरोना संक्रमण ६ महिना यताकै उच्च

काठमाडौँ – भारतमा शनिवार कोरोनाभाइरसका कुल ३ हजार ८२४ नयाँ सङ्क्रमित भेटिएका छन् । यो पछिल्लो १८४ दिनपछिको सबैभन्दा धेरै हो ।

यस्तै, राजधानी दिल्लीमा पनि सात महिनापछि एक दिनमा सबैभन्दा बढी ४१६ नयाँ सङ्क्रमित भेटिएका छन् ।

दिल्लीमा सङ्क्रमण दर पनि बढेर १४।३७ प्रतिशत पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी आँकडाका अनुसार हाल भारतमा१८ हजार ३८९ सक्रिय सङ्क्रमित छन् । यस्तै, कोरोनाबाट निको हुनेको दर ९८।७७ प्रतिशत छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार