जेसस चम्कँदा आर्सनलको सानदार जित

ब्राजिली फरवार्ड गाब्रिएल जेससको उच्च प्रदर्शनमा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ ।

आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । आर्सनलको जितमा जेससले दुई गोल गर्दा बेन ह्वाइट र ग्रानिट झाँकाले समान एक गोल गरे । लिड्सका रसमुस क्रिस्टेन्सेनले एक गोल फर्काए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अंककै अग्रता कायम राख्न सफल भएको छ । आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ६४ अंक छ । पराजित लिड्स २६ अंक जोडेर १६औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार