उपनिर्वाचनको तयारीका लागि कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

उपनिर्वाचनका सन्दर्भमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ । कांग्रेसले तनुहँ १ मा गोविन्द भट्टराई र चितवन २ ममा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनको तयारीका लागि केही नेताहरुलाई बैठकले जिम्मेवारी दिने छ ।

यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार