क्यानडा र अमेरिकी सीमामा थप २ जनाको शव फेला, मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

ओटावा । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार ६ वटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठमध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ ।  उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्ने क्रममा रहेका बुझिएको छ ।

तीमध्ये तीन वर्ष मुनिका दुई बच्चाहरु रहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार