कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने विपक्षमा १ मत परेको थियो ।

शर्मालाई राप्रपा बाहेकका सबै दलका सांसदले विश्वासको मत दिएका थिए । शर्माको पक्षमा ३८ मत परेपछि मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको प्रदेशसभा सभामुख नन्दा गुरुङले घोषणा गरिन् । प्रदेश सभामा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार