लाओसविरुद्ध नेपालले गोल फर्कायो

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको नेपाल र लाओसबीच जारी फाइनलमा दुवै टिमबाट १– १ गोल भएको छ । १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् । तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो राजाईँमै मैदान उत्रिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार