प्रचण्ड सरकारमा खड्कालाई दोस्रो वरीयता

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारमा दोस्रो वरीयता पाएका छन् । नेपाली कांग्रेसबाट नेतृत्व गरेर सरकारमा सहभागी खड्काको दोस्रो वरीयता कायम भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री रहेका छन् । कांग्रेसबाट खड्का र माओवादीबाट नाराणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

२०४८ पछि पटक–पटक गरी ७ पटक मन्त्री बनेका खड्काले पहिलो पटक उप्रधानसहितको जिम्मेवारी पाएका छन् ।

खड्का २०५५ वैशाखदेखि २०५५ भदौसम्म युवा, खेलकुद तथा संस्कृति र जनसंख्या तथा वातावरण मन्त्री भएका थिए । २०५५ पुस १० देखि २०५६ जेठ १६ सम्म उनी वाणिज्य, युवा तथा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार