मन्त्रिपरिषद् बिस्तारपछि सरकारको कामले गति लिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन् ।

प्रधानमन्त्रीले भने, “आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ । यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार