सुदूरपश्चिम प्रदेशमा ओली समूहका ७ सांसद निलम्बित

नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभा सांसद्लाई कारवाही गरेको छ ।

एमालेको केन्द्रमा देखिएको विवादका कारण प्रदेशको सबैभन्दा ठूलो दल दुई धारमा देखिएसँगै एकले अर्कोलाई कारवाही गर्ने सिलसिलाकै क्रममा आज सात सभासद्लाई कारवाही गरिएको हो ।

संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा बलदेव रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए ।

संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार