नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्दै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो ।

सांसद गंगाराम चौधरीका अनुसार नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ र अध्यक्ष रञ्जिता आफैं सरकारमा जाने छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रीहरुको शपथ तीन बजे निर्धारण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार