कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुनः विश्वासको मत लिँदैछन् । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

मख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेरनदिनेबारे दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा छलफलमा जुटेका छन् । कर्णालीमा नेपाली कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार