धनुषामा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राज कुमार भट्टको कमान्डमा अटिएको प्रहरी टोलीले १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी टोलीले जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुलास्थितबाट १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । बिहीबार दिउँसो सर्च अपरेसनकै क्रममा स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी बल्हागोठको सईको कमान्डमा खटिएको संयुक्त चेकजाँच टोलीले जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं। २–०२–००३ प ७०४५ नम्बर को मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो ।

चेकजाँचको क्रममा चालक धनुषाधाम नगरपालिका वडा नं। २ बस्ने अन्दाजी ५५ वर्षका जोगिन्द्र यादवको साथबाट १० लाख र पछाडि सवार १९ वर्षका कृष्ण साहको साथबाट ४ लाखसमेत गरी जम्मा चौध लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नगद रुपैयाँ, मोसा समेत दुवै जनालाई नियन्त्रणमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार