रमेश खरेल रास्वपा प्रवेश, बाराबाट उपचुनाव लड्ने

काठमाडौँ – सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने भएका छन्। १० वैशाखमा हुने उपचुनावमा खरेल बारा २ बाट लड्ने भएका हुन्। पूर्व डीआईजीसमेत रहेका खरेल ४ मंसिरमा काठमाडौँ क्षेत्रनम्बर १ मा पराजित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनको नाम पार्टीमा हुने प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरेको छ। रास्वपाको पार्टी विधानअनुसार हुने प्रारम्भिक निर्वाचनमा सबभन्दा बढी मत पाउनेलाई आगामी चुनावमा पार्टीले टिकट दिनेछ ।

बारा २ मा खरेल र युवराज न्यौपानेको दाबी परेको छ। यसैगरी तनहुँ १ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा रुपक विक घिमिरेले दाबी पेस गरेका छन् । चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् । वाग्लेले बिहीबार मात्र नेपाली कांग्रेस परित्याग गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार