कोटेश्वरमा नेपाल, देउवा र प्रचण्डबिच भेटवार्ता : यी विषयमा भयो छलफल

नेकपा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच छलफलमा के भयो ? भएको छ । पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

उनीहरुबिच लोकतान्त्रिक गठबन्धनलाई कसरी कसिलो बनाएर ओलीको सर्वसत्तावाद रोक्ने भन्ने विषयमा कुराकानी भएको बताइएको छ।

भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको छ ।

बर्तमान गठबन्धनमा एकले अर्कोलाई उपयोग गर्ने नभएर राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि भएको तीनै नेताको बुझाइ छ।  यस्तै, आपसी सम्बन्ध, एक आपसमा अविश्वास गराउने कुराबाट सजग रहने प्रतिवद्धता उनीहरूको छ। यसैगरी, कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिडविरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज कार्यक्रम ल्याउन उनीहरूले सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको टुंगो लागेपछि थप रणनीति सहित अघि बढ्ने तीन नेताहरुबीच सहमति भएको छ ।

सोमबार साँझ नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका थिए । बैठकमा देउवा, नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अतिरिक्त कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागि थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार