कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, मन्त्रीको नाम टुंगो लगाइने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिहान ११ बजेका लागि तय गरिएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।

नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ । यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार