कोरोना अपडेट: २ हजार ९१८ जनामा संक्रमण, ५ हजार १४७ निको

नेपालमा सोमबार थप २ हजार ९ सय १८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४३८ पिसिआर परिक्षणमा २ हजार ४९ र ५ हजार ३८१ एन्टीजेन परिक्षणका क्रममा ८६९ गरि जम्म २ हजार ९१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५३ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ४६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ५ हजार १ सय ४७ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ३२ लाख २४ हजार १६३ वटा नमुनाको पीसीआर र १ लाख १३ हजार २१० वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार