सोमबार सात सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूलय आज सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा किचबेच भइरहेको छ । यसअघि आइतबार तेजावी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदीको मूल्य आज प्रतितोला १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार