नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार बनाउने हुन्डाई घोषणा

हुन्डाई गाडीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक भेहिकलका क्षेत्रमा ठूलो कदम चालिरहेको छ ।

नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना र आइनो नामक दुई मोडलहरू छन् । बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाई नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए ।

यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् । अटो मोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरूको बिक्री बढ्नेमा विश्वस्त छ ।

विश्वभरीमात्र नभई नेपालमा पनि ग्राहकहरू वातावरण बारे सचेत भएका छन् । उनीहरू वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन् । इलेक्ट्रिक सवारी प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो ।

सरकारले पेस गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो । यद्यपि, हालै आर्थिक वर्ष ०७८र०७९ का लागि प्रस्तुत गरिएको बजेटमा विद्युतीय सवारीहरूमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीहरूको शुल्क पनि घटेको छ ।

यस कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको छ । हाल हुण्डाइ कोना १००– केभीको मूल्य ५६ लाख ९६ हजार र कोना–१५० किलोवाट ब्याट्रीको मूल्य ७१ लाख ९६ हजार र इन्को–१०० किलोवाट ब्याट्रीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ईभी बेच्नमा मात्र केन्द्रित नभै इभी गाडीहरूका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेसनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ । हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्टसहरूको स्थापना गरेको छ ।

यी चार्जिङ पोइन्टसहरूमा हुन्डाई गाडीका उपभोक्ताहरूलाई निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ तथापि अन्य ब्रान्डका इभी गाडीहरूका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरू अनुसार फरक हुन सक्नेछ ।

ईभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले आफ्ना मूल्यवान् ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेसनहरू निर्माण गर्ने योजना बनाइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठुला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको कम्पनीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार