पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

अस्पताल स्रोतका अनुसार अहिले उनको अवस्था सामान्य छ । ४र५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल लगिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार