धनगढीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु, दुई गम्भीर घाइते

धनगढीमा मोटरसाइकलले दुईवटा साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ से ५ प २७७१ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल यात्री कैलाली भजनी नगरपालिका–१ का साधुराम डगौराको मृत्यु भएको हो । यस्तै मोटरसाइकलमा सवार दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

घाइते हुनेमा कैलाली धनगढी उपमहानगरपालिकाका ६ बस्ने मोहनप्रसाद जोशी र सोही ठाउँका माधव प्रसाद भट्ट रहेका छन् । उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अर्का साइकल चालकलाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार