लाओसविरुद्ध नेपालको अग्रता

काठमाडौँ – डिफेन्डर अनन्त तामाङको गोलमा नेपालले लाओसविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपमा अग्रता लिएको छ ।

१८ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५ औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

खेलको २९ औं मिनेटमा अनन्तले गोल गरे । एरिक विष्टको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् । खेल ३० मिनेटमा चलिरहँदा नेपाल १–० ले अघि छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार