जसपाको बैठक : तीन सदस्यीय कार्यदल गठन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले विधान अधिवेशनमा सहभागी हुने विभिन्न पेशागत तथा भ्रातृ संगठनबाट सहभागी हुने प्रतिनिधिबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले मुख्यतया दुई वटा निर्णय गरेको नेता मनिष सुमनले जानकारी दिए । उनले वैशाख १० गते हुने तनहुँ, चितवन र वाराको उपनिर्वाचन प्रयोजनका लागि एक दुई दिनभित्रै दल दर्ता गर्ने निर्णय समेत गरेको बताए ।

‘यस्तै चैत २७ दखि २९ गते हुने विधान अधिवेशन सम्पन्न गर्न जिल्ला पेशागत संगठन, भ्रातृ संगठनबाट सहभागी हुने प्रतिनिधिबारे यकिन गर्न रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको कार्यदल गठन गरेको छ’,बैठकको निर्णयबारे सुमनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार