उपनिर्वाचनको विषयमा छलफल गर्न लोसपाको बैठक बस्दै

काठमाडौँ । उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टीले शीर्ष नेताहरुको बैठक बोलाएको छ बुधवारका लागि बोलाएको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

लोसपाले बारा २ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । तर सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भयो भने लोसपाले उम्मेदवारी नदिने स्रोतले जनाएको छ । लोसपाका एक शीर्ष नेताले भने, ‘बारा २ मा हुने उपनिर्वाचनमा लोसपाले पनि उम्मेदवार उठाउँछ, त्यसको तयारी पनि भइरहेको छ तर सत्ता गठबन्धनले साझा उम्मेदवार मात्र उठाउने निर्णय गर्यो भने त्यसमा पुनः विचार गर्न सकिन्छ ।’

लोसपा नेपालले सरकारमा सहभागी हुने तयारी समेत गरिरहेको छ । उक्त विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार