आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर हेर्न एक व्यक्तिले गरे मरेको नाटक

एजेन्सी- ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् ।  ‘सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् ।

यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसैको भने ५ सय जनासम्म आउने गरेको देखेका थिए । हालै, उनलाई पनि आफ्नो अन्तिम संस्कारमा आफ्ना को कति साथी र आफन्त आउलान् भन्ने उत्सुकता जाग्यो त्यसैले उनले मरेको नाटक गरे । त्यो पनि, अन्तिम संस्कारमा को को आउँछन् त भनेर हेर्नका लागि मात्रै ।

जनवरी १० तारिखमा कसैले बाल्टाजार लेमोसको सोसल मिडियामा बाल्टाजारको निधन भएको कुरा पोस्ट गरे । त्यसमा लेखिएको थियो, ‘यो दुःखद अपराह्नमा बाल्टाजारको निधन भएको खबर दिन चाहन्छु । थप जानकारी छिट्टै दिनेछौँ ।’

त्यसको एक दिनअघि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालको अगाडि बसेको उनको तस्बिर पोस्ट गरिएको थियो, त्यसैले यो कुरा धेरैले पत्याए ।

लेमोसको परिवारलाई यो घोषणाले चकित बनायो किनभने उनी अस्पताल भर्ना भएको कसैलाई पनि थाहा थिएन । उनका एक जना भतिजो अल्बर्ट आइन्स्टाइन अस्पताल गएर उनीबारे बुझे तर बाल्टाजार लेमोस त्यहाँ भर्ना भएको कुनै रेकर्ड थिएन ।

बाल्टाजारका अनलाइनका साथीले उनी बितेको दुःखद खबर सेयर गर्न सुरु गरे । कमेन्टमा धेरैले श्रद्धाञ्जली दिए र मृत्यु के कारणले भएको थियो भनेर धेरैले सोधिरहेका थिए । तर यसबारे केही जानकारी दिइएको थिएन । यद्यपि, अन्तिम संस्कार कहाँ र कहिले गरिनेछ भनेर उनको फेसबुक अकाउन्टमा भने जानकारी दिइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार