उपनिर्वाचनका लागि दल दर्ताकाे प्रक्रिया सुरु

काठमाडौं : आगामी वैशाख १० गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले बुधबारदेखि चैत १२ गतेसम्म दल दर्ताको समय दिएको छ।

चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यसअघि आमनिर्वाचनमा चितवन–२ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता विवादमा दोषी ठहर भई उनी पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो।

यस्तै तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार