सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारको तुलनामा २ हजार रुपैयाँ घटेको हो ।

मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १३३५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार