पाकिस्तानमा भारी वर्षा र हुरीका कारण १० जनाको मृत्यु

पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र हुरीको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र पञ्जाबमा दुई जनाको मृत्यु भएको हो ।

खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य ६ जना घाइते भएका छन् ।

यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा विद्युत सर्ट हुँदा तीन व्यक्तिको मृत्यु भएको द न्यूजले जनाएको छ ।बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्पर्क टुटेको जनाइएको छ ।

पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेको अन्तराष्ट्रिसमाचार संस्था द न्युजले जनाएको छ । उनले वर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पीडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत राहत दिइने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार