क्रिकेटर ललित र दीपेश सम्मानित

विराटनगर – नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय क्रिकेटरद्वय ललितनारायण राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको छ।

खेलकुद महासंघ मोरङले आज सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो।

विराटनगरका खेलाडी राजवंशी र कँडेललाई महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरेका थिए।

यस्तै महासंघले ललितका बुबाआमा जयनारायण राजवंशी र सुककुमारीदेवी राजवंशी तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहलाई समेत सम्मान गरेको छ।

ललित र दीपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार