जसपाको विधान अधिवेशन समितिको बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टीको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालयमा मध्याह्न १२:३० बजे सुरु हुने समितिका एक सदस्यले जानकारी दिएका छन् ।

उनकाअनुसार बैठकमा विधान अधिवेशनको तयारी,आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल हुनेछ। चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको जसपाले १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार