आसिफ शेखले पाए क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं । इंग्ल्याण्डको मेरलीबोन क्रिकेट क्लब एमसीसीले क्रिकेटर आसिफ शेखलाई क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने घोषणा गरेको छ ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै उनलाई अवार्ड दिन लागेको एमसीसीले जनाएको छ ।

त्यो खेलमा आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् ।

खेलको १८ ओभरमा ११३–८ को अवस्थामा तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार