सेयर बजारमा सुधार

काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा २२।६५ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिमसमयमा सम्ममा २२ अंकले बढेर १९४९ अंकमा पुगेर रोकिएको हो ।

यसक्रममा आज १ अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज ५२ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १.१८ प्रतिशतले बढ्दा आज सबै समूहका सूचकमा हरियाली छाएको छ ।

जसमध्ये व्यापार समूह सबैभन्दा धेरै ९८ अंकले बढेको छ भने जीवन बीमा समूह ९४ अंकले बढेको छ । यसका साथै, निर्जीवन बीमा कम्पनी समूह ८३ अंकले बढ्दा विकास बैंक समूहमा ६२ अंकको वृद्धि आएको छ । यसबाहेक म्यूचुअल फण्ड बाहेक अन्य सबै समूहमा समेत उच्च वृद्धि देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार