‘कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउन सक्छ’

काठमाडौँ । अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरू सँगको कुराकानीमा अर्थविद् डाक्टर पोखरेलले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिएका हुन् । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको बुझाई छ ।

उनले भने, ‘जब हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौँ, हुँदाहुँदा अहिले हामी ठुलो अन्तरमा आइसक्यौँ । हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ । हाम्रो चालु खर्च तलब, भत्ता, पेन्सनहरू दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हिजो साँझ सम्मको देशको आर्थिक तथ्याङ्क हेर्दा यो मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ।’

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेकोमा उनको जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार