नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाइ [फाेटाेफिचर]

काठमाडौं । शीतल निवासबाट नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाइ गरिएको छ । शीतल निवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण समारोहमा यादव दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएका थिए । उनले गम्छा पनि भिरेका थिए ।

शपथ ग्रहणपछि उनलाई राष्ट्रपति पौडेल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले पुष्पगुच्छा दिएर बधाई ज्ञापन गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार