ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम ०४ स्मार्टफोन जित्‍ने

काठमाडौं। ग्लोबल आइएमई बैंकले इ-कमर्स दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी १ रुपैयाँ खर्च गरेर सामसङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्ने बैंकले जनाएको छ। बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहने बताइएको छ।

यस योजनाको अन्त्यमा बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिने बैंकले जनाएको छ। छनोट भएका एक विजेताले १ रुपैयाँमै सामसङ ग्यालेक्सी एम ०४ मोबाइल फोन पाउने छन्।

बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्स) लाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार