चेल्सी र एभर्टनको बराबरी

लन्डन क्लब चेल्सी र मर्सिसाइड क्लब एभर्टनले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा चेल्सीले खेलमा दुईपटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा एभर्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।्

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका जोआओ फेलिक्स र काई हाभर्टजले गोल गर्दा एभर्टनका अब्दुलाए डोउकाउरे र इलिस सिम्सले गोल गरे । सबै चार गोल दोस्रो हाफमा नै भएको थियो ।

यो नतिजापछि एभरटन २६ अंकमा १५ औं स्थानमा रह्यो र उसको रेलिगेसन तनाव कम हुँदैछ । चेल्सी भने ३८ अंकमा दसौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार