एक साता थपियो काठमाडौं उपत्यकाको निषेधाज्ञा, यी क्षेत्र भयो खुकुलो

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले केही क्षेत्रहरु खुकुलो बनाउँदै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । थपिएको निषेधाज्ञामा अब खाद्यान्न तथा किराना पसलहरु बिहान ११ बजेसम्म खुल्नेछन् भने हार्डवयर पसलहरु अपरान्ह ४ बजेपछि खोल्न पाइने छ । यस्तै पुस्तक पसलहरु पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

कृषि कार्य सञ्चालन गर्न दिइने र भिसा लिनका लागि सहजिकरण गर्ने निर्णय भएको काठमाडौँ जिल्लाका प्रमुख अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार