ए डिभिजनमा आज पाँचौँ चरणका अन्तिम तीन खेल हुने

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज पाँचौँ चरणका तीन खेल हुने भएका छन्। दिउँसो साढे २ बजे दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्दा च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स र चार खेलबाट पाँच अंक जोडेको आर्मी आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछन्। जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ ।

आजको तेस्रो तथा अन्तिम खेलमा बेलुकी साढे ५ बजे मनाङ मर्स्याङ्दी र एपीएफ क्लब तेस्रो जितका लागि दशरथ रंगाशालामा खेल्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार