बागमती सरकारले राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

हेटौडा – बागमती प्रदेश सरकारले एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही १ लाख रूपैयाँ दिने घोषणा गरेको छ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट उक्त घोषणा गरेका हुन्। नेपाल बिहीबार घरेलु मैदान कीर्तिपुरमा युएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार