टियूमा क्रिकेट क्रेज [फोटोफिचर]

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली क्रिकेटरको हौसला बढाउन कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ट्वीट गर्दै नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

मैदान भित्र र बाहिर दर्शकहरु खचाखच छन् । नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् । युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार