टियू मैदानमा प्रधानमन्त्री प्रचण्ड [फोटोफिचर]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् ।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार