गण्डकीमा मुख्यमन्त्री पोखरेलसहित ५ जना मन्त्रीले लिए सपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का,  माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ,  जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।

वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।

त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
सो अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार