सुरक्षा र मानवले गरे विवाह

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार चितवनको सौराहको एक रिसोर्टमा उनीहरुले लगनगाँठो कसेका हुन् ।

विवाहमा दुबैपक्षका सीमित आफन्त, साथीभाइको सहभागिता रहेको छ । विवाहमा दुवै खुसी देखिएका छन् । विवाहको जानकारी पनि सुरक्षाले तस्बिर सार्वजनिक गर्दै गराएकी छन् ।

हिजो बुधबार मात्र उनीहरुले इन्गेजमेन्ट गरेका थिए । जसको जानकारी अभिनेत्री सुरक्षाले सामाजिक सञ्जाल मार्फत गराएकी थिइन् ।

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई सुरक्षा र मावनले विवाहमा परिणत गरेका हुन् । मानव गायक तथा अभिनेता हुन् भने सुरक्षा इन्जिनियरिङको अध्ययन गरेर फिल्म अभिनयमा रमाइरहेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार