रुसद्वारा युक्रेनको ओडेसा र खार्किभ क्षेत्रमा भिषण आक्रमण

किएभ । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताएका छन् । प्रारम्भिक जानकारीअनुसार खार्किभ क्षेत्रको एउटा निजी आवासीय भवनमा आक्रमण भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आक्रमणबाट भएको क्षति एवम् हताहतिबारे विवरण सङ्कलन भइरहेको उनले बताएका छन् ।

खार्किभ नगरका प्रमुख इगोर तेरेखोभले ऊर्जा पूर्वाधारमा आक्रमण भएको जनाउँदै त्यसबाट विद्युत् आपूर्तिमा समस्या भएको बताएका छन् । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम माच्र्नेकोले पनि शत्रुले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताएका छन् । भाग्यवश आफ्नो क्षेत्रमा मानवीय क्षति नभएको उनले उल्लेख गरेका छन् ।

स्थानीय सैन्य प्रशासनका अनुसार किभए क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । पश्चिमी खेमेलेन्स्किी क्षेत्रका गभर्नर सेइगे गमालीले देशका महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण जारी रहेको बताउँदै त्यहाँका बासिन्दालाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार