नेमकिपाले राष्ट्रपतिमा किन गरेन मतदान ?

भक्तपुर । राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदानमा सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार विहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदबारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीले जनाएको छ । पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार