पीएनजीविरुद्ध आसिफको उत्कृष्ट शतक

काठमाडौं । ओपनर आसिफ शेखले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा पीएनजीविरुद्ध शतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए ।पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए । क्रिजमा टिकिरहेका आसिफले भने शतक पुर गरेका छन् । उनले १०१ बलमा १० चौका र २ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार