पीएनजीविरुद्ध आसिफको अर्धशतक

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा कुनै विकेट नगुमाई १ सय २ रन बनाएको छ ।

नेपालका आसिफ शेखले ४७ औं बलमा करिअरको आठौं अर्धशतक पूरा गरेका हुन् । आसिफ ५५ बलमा २ चौका र २ छक्कासहित ५५ रनमा क्रिजमा छन् । अर्का ओपनर कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित ४५ रनमा क्रिजमा छन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेललाई प्लेइङ ११ मा खेलाएको छ । कुशललाई खेलाउँदा नेपालले प्रतिश जि।सीलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार