स्मार्टच्वाईस र हिमालयन बैंकबीच स्मार्ट क्यूआर सेवासम्बन्धी सम्झौता

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैङ्क९ हिमालयन बैङ्कबिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ ।

यसै गरी हिमालयन बैकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरू मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । इ।एम।भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्विच मार्पmत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्युआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजी र स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैङ्कबिच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात् राष्ट्रिय वाणिज्य बैङ्कका ग्राहकहरूले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी युपीआइसञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पोस, इकमर्स जस्ता सेवा सजिलै लिन सक्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार