स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई लगातार चौथो पटक इक्राको ट्रिपल ए रेटिङ

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लगातार चौथो पटक इक्रा नेपालको ट्रिपल ए रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले बैंकलाई इक्रा-एनपी ट्रिपल ए रेटिङ प्रदान गरेको हो । ट्रिपल ए रेटिङले बैंक तथा वित्तीय संस्थाको सेवा उच्च सुरक्षित विन्दुमा रहेको देखाउँछ । त्यस्तै यसले ऋण जोखिम पनि एकदमै कम रहेको जनाउँछ ।

बैंकको पुँजीकरण र बलियो वित्तीय प्रोफाइललाई ट्रिपल ए रेटिङले अनुमोदित गर्ने इक्राले जनाएको छ । बैंकको सन् २०२३ मध्य जनवरीसम्ममा पुँजीको जोखिम भारित सम्पत्ति अनुपात (सीएआर) १४ दशमलव ९१ प्रतिशत र टायर-आई १३ दशमलव ३८ प्रतिशत छ । जुन न्यूनतम नियामकीय आवश्यकता ११ र ८.५ प्रतिशतभन्दा माथि हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार लगातार ४ वर्षदेखि प्राप्त ट्रिपल ए रेटिङले कम्पनीप्रतिको विश्वसनीयतालाई उजागर गरेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार