अभिनेत्री सुरक्षाले गरिन् अभिनेता मानवसँग इन्गेजमेन्ट

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहका बीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो ।

सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै अभिनेत्री पन्तले इन्गेजमेन्ट भएको जानकारी दिएकी छिन् । तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

पन्त र सुवेदीको बिहिबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुब तर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् । दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ–कामना मिलिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार