चक्कु प्रहार गरेको आरोपमा एक जना पक्राउ

रुपन्देही । रुपन्देहीमा चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

रुपन्देहीको कन्चन गाउँपालिका ५ भैसाहीमा जग्गा विवादको विषयमा स्थानीय ४० वर्षीय बाबुराम थारुले २६ वर्षीय प्रेम थारुलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट घाइते भएका प्रेम थारुलाई अस्पताल लगिएको बताए । चक्कुसहित बाबुरामलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार